रौतहट २८ भदौ
रौतहटमा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ । आफ्नै खेतमा सिचाइको लागी विद्युतीय मोटरको तार जोड्ने क्रममा फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर ५ डुमरियाका बर्ष ४५ का मुक्ति नारायण पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतक पटेलले विहिबार साँझ खेतमा सिचाईको लागी मोटर जोडन थालेका थिए । तर सो तार जोड्ने क्रममा एक्कासी करेन्ट लागेर उहाको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । सो घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

