जनकपुर, २८ भदौं । मधेश प्रदेशमा आउँदो सोमबार भदौ ३१ गते सार्वजनिक विदाको घोषणा गरिएको छ ।
मधेश प्रदेशको गृह, सँचार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै भदौ ३१ गते पर्न गएको मुस्लिम धर्मावलम्बीहरुको पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मन्त्रीपरिषद्को निर्णय अनुसार सोही विदा कार्यन्वयन हुने उल्लेख छ । मधेश प्रदेशको ८ वटै जिल्लामा भदौ ३१ गते सोमबार सार्वजनिक विदा रहने भएको छ । अदालत भने सँचालन नै रहने जानकारी प्राप्त भएको छ ।

