चन्द्रपुरमा कृषि सामाग्री र बीउ विजन वितरण

रुपेन्द्र पटेल
चन्द्रनिगाहपुर, २८ भदौं । ग्रामीण विकास केन्द्र नेपाल (आरडिसी) रौतहटको आयोजनामा र अक्सफाम नेपालको आर्थिक सहयोगमा सञ्चालित जलवायु परिवर्तन अनुकूलन तथा पैरवी परियोजनाले चन्द्रनिगाहपुरमा जलवायु मैत्री कृषि सामाग्री र बीउ विजन वितरण कार्यक्रम उद्घाटन तथा सुरुवा भएको छ ।
यो कार्यक्रम अन्तर्गत चन्द्रपुर नगरपालिका वडा नं. ४, ६, र १० का किसानहरुलाई जलवायु मैत्री कृषि सामग्री वितरण गरिएको हो । कार्यक्रमको पहिलो चरणमा, वडा नं. ४ का ९ जना किसानलाई वडा कार्यवाहक अध्यक्ष विनोद सिटौलाको अध्यक्षतामा कृषि सामग्री र बीउ विजन प्रदान गरिएको छ ।
यस्तै वडा नं. ६ मा पनि ७ जना किसानलाई वडाअध्यक्ष सहदेव केसीको अध्यक्षतामा कृषि सामग्री र बीउ विजन प्रदान गरिएको थियो । त्यस्तै, वडा नं. १० का ४ जना किसानलाई पनि कृषि सामग्री वितरण गरिएको ग्रामीण विकास केन्द्र रौतहटले जनाएको छ ।
शुक्रबार कार्यक्रममा कुल २० जना किसानलाई सहभागी गराइएको थियो । आरडिसी नेपालकी कार्यक्रम सहजकर्ता ज्योति फुयालका अनुसार, जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न र कृषि प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले यी सामग्री वितरण गरिएको बताइन् । फुयालले भने , यो कार्यक्रममा ७० जना भन्दा बढी किसानलाई कृषि सामाग्री र बीउ विजन वितरण गरिनेछ । यो कार्यक्रम आइतबारसम्म चल्ने फुयालले बताइन् ।
यस कार्यक्रमले स्थानीय किसानलाई जलवायु परिवर्तनसँग अनुकूल हुने कृषि प्रणाली अपनाउन प्रेरित गर्ने विश्वास लिइएको छ ।

ताजा समाचार

Related Articles