राैतहटबाट गाँजासहित साधु पक्राउ

राैतहट २८ भदाै
राैतहटबाट एक साधु पक्राउ परेका छन । राैतहटकाे देवाही गाेनाही नगरपालिकाकाे वडा नम्बर ९ धरहरी राम जानकी मठमा बस्दै आएका साधु सिकेन्द्र राय यादव लागू औषध गाजासहित शुक्रबार पक्राउ परेका छन । मन्दिरबाट गाँजा बेचबिखन गर्ने गरेको सूचनाका आधारमा  इलाका प्रहरी कार्यालय गोनाहीबाट गएको टोलीले गएराति पक्राउ गरेकाे जनाइएकाे छ । प्रहरीले राती चेकजाँच गर्दा लुकाई राखेको अन्दाजी १ किलो ग्राम लागु औषध गाँजा समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले बताउनु भयाे ।

ताजा समाचार

Related Articles