चन्द्रनिगाहपुरका माझीकाे शव ४ दिनपछि फेला

राैतहट २५ भदाै
राैतहटका माझीकाे शव ४ दिनपछि मंगलबार फेला परेकाे छ ।  बाराकाे बकैया खाेलाले गत भदाै २१ गते खाेला तर्ने क्रममा माझीलाई खाेलाले बगाएर बेपता भएका थिए ।  रौतहटकाे चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव मंगलबार (आज ) बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेला परेको इलाका  प्रहरी कार्यालय निजगढका प्रहरी जनाएकाे छ । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले शवलाई प्रादेशिक अस्पताल कलैया बारा पठाइएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनु भयाे । मकवानपुरको बकैया गाउँपालिका–६ स्थित जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आउनु भएका माझी बकैया–६ जुनाइस्थित खोला तर्ने क्रममा भदौ २१ गते अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय निजगढ बाराको समन्वयमा बेपत्ता माझीको खोजतलास गर्ने क्रममा मंगलबार खोला किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनु भयाे ।

ताजा समाचार

Related Articles