राैतहट २५ भदाै
राैतहटकाे चन्द्रनिगाहपुरमा मंगलबार चन्द्रपुर ई-रिक्सा समिति गठन गरिएकाे छ । ई-रिक्सा स्वराेजगार मजदुरकाे नामले गठन गरिएकाे तदर्थ समितिका संयाेजक भिम बहादुर भुजेलकाे अध्यक्षतामा मंगलबार बसेकाे भेलाले कर्ण बहादुर तामाङकाे अध्यक्षतामा १३ सदस्यीय चन्द्रपुर ई-रिक्सा समिति राैतहट गठन भएकाे नवनिर्वाचित सचिव नागेन्द्र चाैधरीले जानकारी दिनु भयाे । समितिका उपाध्यक्ष ज्ञानेन्द्र चाैधरी , सचिव नागेन्द्र चाैधरी , सहसचिव विजय चाैधरी काेषाध्यक्ष दिलिप अधिकारी लगायतका चयन भएकाे अध्यक्ष तामाङले बताउनु भयाे । सदस्यहरुमा अर्जुन माेक्तान , झलनाथ गाैतम , टंक प्रसाद तिमल्सिना , अम्बर बहादुर मिजार लगायतका चयन भएका छन । सल्लाहकारमा विष्णुलाल श्रेष्ठ , माधव प्रसाद अधिकारी र गाेपाल तिमल्सिना चयन भएका छन ।

