रौतहट २४ भदौ
उपेन्द्र गोले तामाङ
चन्द्रनिगाहपुरमा सोमबार साइबर अपराध सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी निरिक्षक साजन कुमार शर्माले चन्द्रपुर नगरपालिकाको वडा नं ४ मा रहेको दुर्गा माद्यामिक विद्यालयमा अध्ययनरत कक्ष ९ र १० छात्र÷छात्राहरूलाई “ साईबर अपराध ” सम्वन्धीका विभिन्न बिषयमा चर्चा गर्नु भएको थियो । के कस्ता क्रियाकलाप गरेमा साइबर अपराध मानिन्न्छ र साइबर अपराध गर्दा के कस्तो सजाय हुन सक्छ सो सम्बन्धि विद्यार्थीहरुलाई जानकारी गराइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

