रौतहट २४ भदौ
नेकपा एमालेको सोमबार गरुडामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले गरुडास्थित पार्टी कार्यालयमा सोमबार पार्टीको जनवर्गीय संगठन सृदृढिकरण एवम् परिचालन गर्ने सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको नेकपा एमाले रौतहट ईन्चार्ज अजय कुमार गुप्ताले तराई पोष्टलाई जानकारी दिनु भयो । रौतहट नेकपा एमालेले सञ्चालन भएका विभिन्न जनवर्गीय संगठनहरुलाई सृदृढ गर्दै सो संगठनहरुलाई परिचालन सशक्त ढंगबाट गर्ने निर्णय भएको रौतहट एमालेका उपाध्यक्ष रुपेश पटेलले बताउनु भयो । कार्यक्रममा नेकपा एमाले रौतहटका अध्यक्ष एवम् जनवर्गीय समन्वय संयन्त्र प्रमुख रुपेश पटेलको अध्यक्षतामा रौतहट इन्चार्ज अजय कुमार गुप्ताको प्रमुख आतिध्यता एवम् केन्द्रिय ले.आ. सदस्य राज किशोर प्रसाद यादव , जिल्ला अध्यक्ष सचितानन्द साह , सचिव बाबुराम दाहाल लगायत विभिन्न जनवर्गीय संगठनहरुका अध्यक्षहरु पार्टीमा आबद्ध नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति जनाएका थिए । सोमबारको सो छलफलले जनवर्गीय संगठन सृदृढिकरण एवम् परिचालन गर्न र रौतहटमा बाकी रहेका अधिबेशन सम्पन्न गर्ने र केन्द्रिय कार्याशालामा सहभागीता जनाउने समेत निर्णय भएको रौतहटका अध्यक्ष सचितानन्द साहले बताउनु भयो ।

