विद्यार्थीका आधारमा शिक्षकको व्यवस्था गर्न आजपाको माग

वीरगञ्ज, २३ भदौं । आम जनता पार्टी (आजपा) मधेस प्रदेश कमिटीको बैठक आज वीरगञ्जमा सम्पन्न भएको छ। बैठकले मधेस प्रदेशमा विद्यार्थीहरूको अनुपात अनुसार विषयगत र तहगत शिक्षकको दरबन्दी सहित गुणस्तरीय शिक्षा सुनिश्चित गर्न संघर्षका कार्यक्रमहरू अघि बढाउने निर्णय गरेको छ।

बैठकले आगामी असोज ३ गते संविधानको अन्त्येष्टि यात्रा निकाल्ने घोषणा समेत गरेको छ, जसमा मधेस प्रदेशका प्रमुख सहरहरू तथा सबै जिल्लाहरू सहभागी हुनेछन्।

त्यसैगरी, पार्टीको केन्द्रीय कमिटीले गरेका निर्णयहरू प्रदेश, जिल्ला, र पालिका तहमा कार्यान्वयन गर्ने योजना तयार गरिएको आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभूषण साहले जानकारी दिए।

आजपा अध्यक्ष प्रभु साहको नेतृत्वमा दलतन्त्रको विरोध र शासनसत्तामा आम जनताको सहभागिताको माग गर्दै तेस्रो जनआन्दोलनको उद्घोष गरिएको छ। बैठकमा संगठन निर्माण, पुनर्गठन, र आन्दोलनका कार्यक्रमहरूलाई चरणबद्ध रुपमा अघि बढाउने निष्कर्ष निकालिएको छ।

मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह लगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो।

ताजा समाचार

Related Articles