रौतहट १६ भदौ
उपेन्द्र गोले तामाङ
रौतहटको चन्द्रनिगाहपुरमा हाती देखा पर्न थालेको छ । गएराती रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर २ जुडिबेला बलम्पाखी टोलमा हाती देखा परेको वडा अध्यक्ष दुत बहादुर तामाङ बुद्धले तराई पोष्टलाई जानकारी दिनु भयो । शनिबार राती सो हातीले सोही टोलका टार्जन बलम्पाखीको घरको भिात भत्काउनुका साथै घरमा भएको अन्नपात समेत नष्ट गरेको पिडित टार्जन बलम्पाखीले बताउनु भएको छ । त्यसैगरी सो हातीले बलम्पाखीको घरमा क्षति गरेर खेतमा लगाइएको धान बालीमा समेत क्षति गरेको स्थानिय माओवादी नेता टिका आचार्यले बताउनु भयो । प्रत्येक बर्ष हातीले रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न क्षेत्रमा अन्नवाली लगायत धनजनको नष्ट गर्नुका साथै स्थानियलाई त्रसित बनाउदै आएको छ । समयमा नै ति जंगली हातीहरुलाई सुरक्षित तवरले सम्बन्धित स्थानमा लैजान निकायले पहल गर्नु पर्ने स्थानियले माग गरेका छन । अन्यथा सो हातीले ठुलो क्षति पुर्याउन सक्ने स्थानियले आकलन गर्न थालेका छन ।

