रौतहट १६ भदौ
उपेन्द्र गोले तामाङ
रौतहटको चन्द्रनिगाहपुर–गौर चार लेन सडकमा डिभाइजरमा रेलिङ्गसहित सौन्दर्यकरण हुने भएको छ । आइतबार चन्द्रपुर नगरपालिकाको सभा हलमा सम्बन्धित निकायहरुका विभिन्न ब्यक्तिहरुको सहभागीतामा सम्पन्न सो भेलाले चार लेन सडकलाई सौन्दर्यकरणका लागी गहना फुल बिरुवा रोप्नका लागी ठोस कार्ययोजनासहित अघि बढ्ने निर्णय भएको नगर प्रमुख संजय काफ्लेले तराई पोष्टलाई बताउनु भयो । चन्द्रनिगाहपुर–गौर चार लेन सडकको डिभाइडरमा रेलिङ्ग सहित सौन््दर्यकरणका लागि गहना फुल÷बिरुवा रोप्ने सम्बन्धमा आवश्यक सहयोग सहित साझेदारीमा कार्य गर्न र सडक सुरक्षा सहित ट्राफिक ब्यस्थापनका लागि सरोकार बालाको भूमिकाको बिषयमा छलफल भएको नगर प्रमुख संजय कुमार काफ्लेले बताउनु छ । सो छलफल कार्यक्रममा नगर प्रमुख काफ्ले सहित प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारी , उपप्रमुख जयमाला कुमारी चौधरी ,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ,सशस्त्र प्रहरी नायब उपरीक्षक ,उद्योग बाणिज्य संघका अध्यक्षु,बैंक तथा वित्तीय संस्था ÷सहकारी संस्थाका स्थानीय कार्यालय प्रमुख एवं प्रतिनिधि÷अध्यक्ष ,सडक डिभिजनका ईन्जिनियर ,नगरपालिकाका कर्मचारी सहितको सहभागीतामा विस्तृत छलफल गरी ठोस योजना बनाउनेतर्फ नगरपालिका अगाडी बढेको नगर प्रमुख काफ्ले जानकारी दिनु भयो ।

