रौतहटका यादवको भ्यानको ठक्करबाट मृत्यु

रौतहट १६ भदौ
उपेन्द्र गोले तामाङ
रौतहट मौलापुरका ५५ बर्षिय एक तरकारी ब्यावसायीको दुर्घटनामा परि आइतबार मृत्यु भएको छ । रौतहटको मौलापुर नगरपालिकाको वडा नम्बर ८ सोनारनियाका अधिकारी यादवका घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । रौतहटको मौलापुर स्थायी बासिन्दा यादव बाराको कोल्हवीबाट साइकलमा तरकारी लिएर रौतहटतर्फ आउदै गरेका थिए तर यादवलाई एक पिकअप भ्यानले ठक्कर दिएको थियो । यादवलाई बाराको तामागढी सिम्रौनगढ सडकखण्डको पकरीमा पिकअप भ्यानले ठक्कर दिदा उहाको मृत्यु भएको प्रहरीले जनाएको छ । साइकललाई ठक्कर दिने प्रदेश २-०१-४९२० नम्बरको भ्यानसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोल्हवीका सई लालु यादवले जानकारी दिनु भयो । तरकारी व्यवसायी यादवलाई ठक्कर दिने पिकअप भ्यानमा सवार दुई जनालाई इलाका प्रहरी कार्यालय कोल्हवीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा कोल्हवी १ का साजन चौधरी र प्रिन्स जयसवाल रहेको बताइएको छ । नियन्त्रण गरिएका २ जनाले पिकअप आफुले चलाएको स्वीकार नगरी एक अर्का माथि दोष लगाई रहेकाले हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको सइ यादवले बताउनु भयो । मृत्यु भएका यादवको शव प्रादेशिक अस्पताल कलैयामा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles