रौतहट, १६ भदौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय नेता रामकुमार भट्टराई उपमहासचिव पदमा निर्वाचित भएका छन्। मंगलबार राति सम्पन्न मतगणना अनुसार, भट्टराई लोकप्रिय मतसहित निर्वाचित भएका हुन्।
प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेका भट्टराईले इलाका कमिटी, जिल्ला कमिटी, पार्टीको केन्द्रीय विभाग, र केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर अनुभव हासिल गरेका छन्।
उनी पार्टीको पुनर्गठनदेखि नै केन्द्रीय कमिटीमा सक्रिय थिए। उपमहासचिवमा मेटमणि चौधरी, राजेन्द्रकुमार राई, रामकुमार भट्टराई, र गरिमा शाह निर्वाचित भएका छन्। चौधरीले १५८ मत, भट्टराई र शाहले समान १०७ मत, र राईले १०६ मत प्राप्त गरेका छन्।
पार्टीको ८४ सदस्यीय पोलिटब्युरोको मतपरिणाम बुधवार राति सार्वजनिक भएको हो, जहाँ केन्द्रीय समिति सदस्यमध्येबाट पदाधिकारीका लागि चुनाव भएको थियो। वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन्। यसअघि नै माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता, र घनश्याम भूसाल महासचिव चयन भइसकेका थिए।

