रौतहट १५ भदौ
उपेन्द्र गोले तामाङ
माओवादी केन्द्र निकट रौतहटका एक निर्माण ब्यावसायी इन्जिनियर कृष्णदेव यादव नेकपा एमालेमा प्रबेश गर्नु भएको छ । नेकपा माआवादी केन्द्र निकट नेपाल राट्रिय निमार्ण ब्यावसायी संगठनका केन्दीय सचिव तथा निर्माण ब्यावसायी संघ रौतहटका जिल्ला अध्यक्ष इन्जिनियर कृष्ण देव यादव शनिबार नेकपा (एमाले)मा प्रवेश गर्नु भएको यादवले तराई पोष्टलाई जानकारी दिनु भयो । शनिबार नेकपा एमालेको पार्टी कार्यालय च्यासल ललितपुरमा एक कार्यक्रमकाबिच नेकपा एमालेका महासचिव शंकर पोख्रेलले खादा माला लगाएर एमालेमा स्वागत गर्नु भएको कार्यक्रममा सहभागी चन्द्रनिगाहपुरका एमाले युवा नेता देवराज न्यौपानेले बताउनु भयो । माओवादीले जनताको पक्षमा र आम नागरिकको पक्षमा भन्दापनि आफ्नै स्वार्थमा आफु निकटका ब्यक्तिलाई प्राथमिकता दिने हावी बढ्दै गएकाले जनताको पक्षमा काम गर्न आफुले नेकपा एमाले रोजेको यादवको भनाई रहेको छ । माओवादी केन्द्रले आफ्नो कार्यशैलीलाई सच्याउनु पर्ने उहाले सुझाव समेत दिनु भयो ।

