रौतहट १५ भदौ
उपेन्द्र गोले तामाङ
रौतहटको चन्द्रपुर नगरपालिकाको मेन चोकमा रहेको पार्क सरसफाइ शनिबार सरसफाई गरिएको छ । पुर्वपश्चिम राजमार्गको मुख्या चोकमा रहेको सो पार्कको शनिबार विहान समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटको आयोजनामा चन्द्रपुर नगरपालिकासँगको सहकार्यमा नगर प्रमुख संजय कुमार काफ्ले र प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारीको समेत सहभागीतामा पार्क सरसफाई कार्यक्रम सम्पन्न गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार राईले तराई पोष्टलाई जानकारी दिनु भयो । सो कार्यक्रम इलाका प्रहरी कार्यालय चन्द्रनिगाहुरका कार्यालयका प्रमुख प्र.ना.उ.राज कुमार राईको कमाण्डमा खटिएको प्रहरी टोली सँगै स.प्र.वेस क्याम्प सन्तपुर रौतहटबाट खटिएको स.प्र.ना.उ.को प्रहरी टोली र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटको प्रहरी टोलीहरुको सहित संचारकर्मीहरूको संयूक्त सहभागितामा सम्पन्न भएको हो । रौतहट चन्द्रपुर न.पा.वडा नं ४ स्थित चन्द्रनिगाहपुर मेन चोकमा रहेको पार्कको भित्री र बाहिरी भाग सरसफाई गरीएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

