रौतहटमा अखिल क्रान्तिकारीको १५ औँ सम्मेलन सम्पन्न, अध्यक्षमा अजय पटेल चयन

रौतहट,१६ भदौं ।  रौतहट जिल्लामा अखिल क्रान्तिकारीको १५औँ जिल्ला सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनले सर्वसम्मत रूपमा अजय पटेलको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

यस कार्यसमितिमा मधुरजन साह, दिनेश थापा, र इमामुलहक उपाध्यक्ष पदमा चयन भएका छन्। रोहित जैसवाललाई सचिबको जिम्मेवारी दिइएको छ भने राम अधर यादव, जय बिक्रम सिंह बिन, र राजु नैवपाने सह-सचिब पदमा निर्वाचित भएका छन्। अन्शु तिमिल्सिनालाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ।

नवनिर्वाचित कार्यसमितिले संगठनलाई नयाँ ऊर्जा र दिशानिर्देशका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै, जिल्लामा क्रान्तिकारी गतिविधिहरूलाई थप सशक्त बनाउने लक्ष्य राखेको छ।

ताजा समाचार

Related Articles