रौतहटमा ५ डेंगु रोगी भेटिए

रौतहट १२ भदौ
रौतहटमा ५ जना डेंगु रोगीका बिरामी भेटिएको छ । देशब्यापी रुपमा डेंगु रोगी बढिरहदा रौतहटमा पनि डेंगु रोगका बिरामी भेटिएका हो । रौतहटको गौर अस्पतालमा १ जना र चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा ४ जना डेंगु रोगका बिरामी भेटिएको चिकित्सकहरुले बताएका छन । २०८१ साउन महिनामा ३ जनामा डेंगु रोग पोजेटिभ देखिएको र भदौ महिनामा पनि १ जनामा डेंगु पोजेटिभ देखिएको चन्द्रनिगाहपुर सरकारी अस्पतालका ल्याब प्रमुख गजेन्द्र चौधरीले बताउनु भयो । साउन महिना भरी १ सय २६ जनाको डेंगु रोगको परिक्षण गराउदा ३ जनामा पोजेटिभ देखिएको ल्याब प्रमुख चौधरीले जानकारी दिनु भयो । पहिलको तुलनामा अहिले डेंगु रोगीको संख्या घटेको भएतापनि जोखिम भने उत्तिकै रहेको चौधरीले जानकारी दिनु भयो । प्रादेशीक अस्पताल गौरमा भने अहिले सम्म १ जनामा मात्रै डेंगु पोजेटिभ देखिएको गौर अस्पतालका ल्याब प्रमुख कपिलदेब झाले जानकारी दिनु भयो । लामखुट्टेको वृद्धि, विकास सबभन्दा बढी फालिएका टायरमा तथा फलाम र प्लास्टिकका ड्रमहरूको कारण डेगु रोग बढने चन्द्रपुर अस्पतालका डा. सुवास चौधरीले बताउनु भयो । डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्ने डा. चौधरीले सुझाव दिनु भयो । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ७७ जिल्ला मध्ये ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको जनाइएको छ । देशभर ४ हजार ९७ डेंगु सङ्क्रमित भएका बताइएको छ । तनहुँमा सबैभन्दा बढी ७८१ जनामा डेंगु सङ्क्रमित देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

ताजा समाचार

Related Articles