रौतहट १२ भदौ
रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर सरकारी अस्पतालले आर्थिक बर्ष २०८०÷०८१ मा करिब साडे त्रिपन्न हजार भन्दा बढी बिरामीको उपचार गरेको तथ्य सार्वजनिक गरेको छ । २०८० साउन १ गते देखी २०८१ असार मसान्त सम्म उक्त अस्पतालमा ओपिडी र आकस्मीक सेवा सहित ५३ हजार ५ सय ९१ जना बिरामीको उपचार भएकोे जनाएको छ । ओपिडी तर्फ ४५ हजार ५ सय ३३ जना र आकस्मीक तर्फ ८ हजार ५६ जना गरी ५३ हजार ५ सय ९१ जना बिरामीको उपचार भएको सो अस्पतालका मेडिकल सुपरिटेन्डन्ट प्रमुख डा. अभिनन्दन श्रीवास्तबले जानकारी दिनु भएको छ । अस्पतालमा बिभिन्न प्रकारको खोप सेवा लिनेको संख्या ६ हजार ३ सय ९१ जना रहेको उहाले जानकारी दिनु भयो । त्यसैगरी कुकुरले टोकेका ४ हजार ५ सय ६२ जनालाइ भ्याक्म्सीन दिइएको अस्पतालले जनाएको छ । अस्पतालमा सर्पदंशका ६ सय ५ जनाको उपचार भएको जनस्वास्थ्य अधिकृत राधे शंकर पालले जानकारी दिनु भएको छ । त्यसैगरी चन्द्रनिगाहपुर अस्पतालबाट ६ सय ८४ जनालाइ प्रसुती सेवा प्रदान गरेको अधिकृत पालले जानकारी दिएका छन । गत आर्थिक बर्षमा चन्द्रनिगाहपुर अस्पताल अन्र्तरगत ४३ जना क्षय रोगीको उपचार भएको सो फाटका प्रमुख कुल प्रसाद तिमलसिनाले जानकारी दिएका छन । २०७९÷०८० को तुलनामा गत आर्थिक बर्षमा क्षयरोगीहरु केही घटेको फाट प्रमुख तिमलसिनाले जानकारी दिनु भयो ।

