डिभिजन वन कार्यालय रौतहट प्रमुखमा साह

रौतहट १२ भदौ
रौतहटको चन्द्रनिगाहपुरमा नयाँ डिभिजन वन कार्यालय प्रमुख हेमन्त साह आउनु भएको छ । बुधबार हातेमालो सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा उहाले बृक्षारोपण गरेर डिभिजन वन कार्यालय प्रमुखको पदभार ग्रहण गर्नु भएको हो । पदभार ग्रहण गदै प्रमुख साहले वन संरक्षणको लागी आफु रहुन्जेल सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाउनु भएको छ । कर्मचारीहरुसंग परिचयात्मक तथा अन्र्तरक्रिया गदै वन प्रमुख साहले वन संरक्षणको सन्र्दभमा कुनै पनि कसैसंग सम्झौता नगर्न मातहतका कर्मचारीहरुलाइ निर्देशन दिनु भएको छ । वन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीहरुले नयाँ कार्यालय प्रमुख साहलाइ स्वागत र सरुवा भई सिराहा गएका डिभिजन वन प्रमुख शैलेन्द्र मिश्राको एक साथै बिदाइ गरेका छन । सरुवा भइ जानु भएका मिश्रको डिभिजन वन कार्यालय सिराहामा सरुवा भएको छ । नयाँ आउनु भएका कार्यालय प्रमुख साह मधेश प्रदेश सरकारको वन निर्देशानालयबाट सरुवा भइ आउनु भएको हो ।

ताजा समाचार

Related Articles