रौतहट १२ भदौ
रौतहट प्रहरीले अबैध रकम सहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलले रौतहटको गौरबाट श्रोत नखुलेको रकम सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ । सशस्त्र प्रहरीले गौर नगरपालिका वडा नं. २ भन्सार क्षेत्रमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री भारत सितामढी भटौलिया बेलगंज टोलका रजक मियाँलाई ४ लाख नगद सहित पक्राउ गरेको बताइएको छ । मियाँले लुकाई छिपाई ल्याएको सो रकमको श्रोत खुलाउन नसकेपछि आवश्यक कारवाहीका लागी गौर भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरीको नं. ११ गणका उपरिक्षक विक्रम हुमागाइले बताउनु भयो ।

