रौतहट १० भदौ
रौतहटका एक वडा अध्यक्षमाथी लगाइएको यौनशोषणको आरोपको खण्डन गरेको छ । रौतहटको मौलापुर नगरपालिकाको वडा नम्बर ९ सोनरनियाका वडा अध्यक्ष श्याम किशोर साहमाथि एक महिलाले यौन शोषणको गम्भीर आरोप लगाएका थिए तर वडा अध्यक्ष साहले त्यो आरोपलाई पूर्ण रूपमा झुठो र निराधार रहेको बताउनु भएको छ । साहले सो आरोपलाई राजनीतिक षड्यन्त्रको संज्ञा मात्र भएको दाबी गर्नु भएको छ । आफु माथि लगाइएको आरोप झुठो र बनावटी रूपमा प्रस्तुत गरिएको अध्यक्ष साहाको भनाइ रहेको छ । बदनाम गने नियतले ब्ल्याक मेलिङको प्रयास गरिएको वडा अध्यक्ष साहले बताउनु भएको छ । साहले अरूको अडियो रेकर्ड गरी त्यसमा उनको नाम थपेर चरित्र हत्या गर्न खोजिएको र आफु माथि लगाइएको आरोप शत प्रतिशत झुठो र निराधार भरहेको बताउनु भयो । वडाध्यक्ष साहले आरोपित महिलाको आचरणप्रति प्रश्न उठाउँदै “महिला आफैं समाजमा सही आचरण नभएकी र एक असल व्यक्तित्व भएको पुरुषको जीवनसँग खेलवाड गरेको दावी गर्नु भएको छ । आफु माथी लागेको आरोपले व्यक्तिगत र सामाजिक जीवनमा ठूलो धक्का पुर्याएको बताउनु हुदै आफ्नो चरित्रमाथि लागेको झुठो आरोपले अत्यन्तै दुखी र निराश भएको र सामाजिक प्रतिष्ठामा गम्भीर असर पु¥याएको समेत साहले जिकिर गर्नु भयो । साहले आफु निर्दाेष रहेकोले कानुनी कदम चाल्ने र कानुन बमोजिम एकदिन निर्दाेष सावित गरेर देखाउने बताउनु भयो । आफ्नो नगरपालिकाका वडा अध्यक्षमाथी यौनशोषण जस्तो गम्भिर आरोप लागेपछि मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साहले उपप्रमुख नागेन्द्र यादवको संयोजकमा ५ सदस्यीय छानविन समिति गठन गरि १५ दिनभित्र नगरपालिकालाई प्रतिवेदन पेश गर्न निर्देशन दिइसकेको छ ।

