रौतहट १० भदौ
उपेन्द्र गोले तामाङ
रौतहटमा सोमबार सवारी दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ स्थित धन्सार पुल नजिकै सवारी दुर्घंटना हुदा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । सोमबार पुर्व पश्चिम महेन्द्र राजमार्गको धन्सारमा मोटरसाइकल र टाटा सुमो एक अर्कामा ठोकिदा मोटरसाइकल सवार २ जनाको मृत्यु भएको हो । पुर्व चन्द्रनिगाहपुरबाट निजगढतर्फ जादै गरेको मोटरसाइकल र विपरित दिशाबाट आएको टाटा सुमो एक अर्कामा ठोकिएको प्रहरीले जनाएको छ । बागमति ०३ ००१ ज ५३१ नम्बरको सुमो र कोशी प्रदेश ०२ ०४३ प ८०२५ नम्बरको मोटरसाइकल धन्सार पुलमा ठोकिएर दुघंटना परेको हो । मोटरसाइकलमा सवार सुनसरीको धरान १५ का ३३ बर्षिय तुलसी ओझा र मोरङको सुन्दरहरैचा नगरपालिकाको वडा नम्बर ११ का विवस सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । टाटो सुमोलाई नियन्त्रणमा लिएर थप कारवाहीका लागी अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक राजकुमार राईले जानकारी दिनु भयो ।

