रौतहट ९ भदौ
रौतहटको गरुडा नगरपालिका कार्य सम्पादन मुल्याङकनमा रौतहट जिल्लाको दोस्रो स्थानमा पर्न सफल भएको छ । वितिय सामानीकरण खनुदान अन्र्तगत कार्य सम्पादन मुल्याङकनमा गरुडा नगरपालिका रौतहट जिल्लाको दोस्रो स्थान हासिल गर्न सफल भएको हो । नेपाल सरकारबाट आर्थिक बर्ष २०८०।८१ मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित आयोगको सिफरिसमा उपलब्ध गराइने वितिय समानीकरण अनुदान अन्र्तगत कार्य सम्पादन मुल्याङकनमा ७१.७५ प्रतिशत अंक प्राप्त गरी रौतहट जिल्लाको दोस्रो स्थान हुन सफल भएको हो । अनुदानका लागी प्रदेश सरकार र स्थानिय तहले कार्य सम्पादन सुचक बापत प्राप्त गरेको नतिजा अनुसार गरुडा नगरपालिकाले सो मुल्याङकनमा दोस्रो भएको हो । स्थानियले नगरवासीले नगर प्रमुख कन्थमनी प्रसाद जयसवाललाई बधाइ समेत दिएका छन ।

