रौतहट ९ भदौ
रौतहटको मौलापुर नगरपालिकाका एक वडा अध्यक्षमाथी यौन शोषणको आरोप लागेपछि नगरपालिकाले छानविन समिति बनाएको छ । मौलापुर नगरपालिकाको वडा नम्बर ९ का वडा अध्यक्ष श्यामकिशोर साहमाथी स्थानिय एक विवाहित महिलाले विगत ५ बषैदेखि आफुलाई यौन शोषणको आरोप लगाएपछि सोही नगरपालिकाका नगर उपप्रमुख नागेन्द्र यादवको संयोजकमा ५ सदस्यीय छानविन समिति गठन गरेको नगरप्रमुख रिना कुमारी साहले तराई पोष्टलाई जानकारी दिनु भयो । आरोपित महिलाले आँफुलाई विवाह गर्ने प्रलोभन दिएर विगत ५ बर्षदेखि यौनशोषण गरेको वडा अध्यक्ष श्यामकिशोर साहमाथी आरोप लगाइएको छ । घटनाबारे १५ दिनभित्र सत्यतथ्य विवरण नगरपालिकामा पेश गर्न समितिलाई निर्देशन दिएको नगर प्रमुख साहले बताउनु भयो । छानविन समितिले प्रतिबेदन पेश गरेपछि सोही बमोजिम कारवाही हुने र त्यसको निर्णय भने कार्यपालिका बैठकले गर्ने प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले बताउनु भयो । समितिमा संयोजक उपप्रमु नागेन्द्र यादवसँगै वडा नम्बर १ का वड अध्यक्ष जयनाथ कुशवाहा , कार्यपालिका सदस्य प्रतिमा साह , आशादेवी साह र अधिकृत अच्छेलाल साह सदस्य रहेका छन ।

