रौतहट ८ भदौ
उपेन्द्र गोले तामाङ
नेपाल बिद्यार्थी संघ रौतहटले पुर्णता पाएको छ । शनिबार रौतहटको चन्द्रनिगाहपुरमा एक कार्यक्रमको आयोजना गरेर लामो समयपछि नेपाल बिद्यार्थी संघ रौतहटले पुर्णता पाएको हो । सो कार्यक्रमसंगै सोही कार्यक्रमकाबिच एसइइमा उत्कृष्ट ४ जिपिए ल्याएका दुर्गा भगवती गाउपालिकाका अञ्जली भmालाई नगद १५ हजारसहित सम्मान पत्रले सम्मान समेत गरेको छ । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य देव प्रसाद तिमल्सिनाले नेपालमा शैक्षिक क्षेत्र सुधारको आवश्यकता रहेको बताउनु भएको छ । मधेश प्रदेश समितिका प्रबक्ता सुर्य थापाले इतिहास बोकेको नेपाल बिद्यार्थी संघबाट राजनिति गरेकाहरुले आफ्नो योग्यता तथा बिज्ञता विभिन्न समयमा प्रस्तुत गर्दै आएको बताउनु भयो । कार्यक्रममा नेपाली काग्रेस चन्द्रपुर नगर समितिका सभापति मुकेश गिरी , वडा नम्बर ५ का वडा अध्यक्ष निलहरी कोइराला , वडा नम्बर ९ का वडा अध्यक्ष नबराज देवकोटा , काग्रेस रौतहटका सहसचिव फिरोज आलम , जनज्योती नमुना माध्यामिक बिद्यालयका अध्यक्ष नरेश लामिछाने लगायत नेपाली काग्रेसका नेता कार्यकर्ताहरुको बाक्लो सहभागीता रहेको थियो । कार्यक्रम नेवि संघ रौतहटका सभापति अधिकार लामिछानेको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

