रौतहटको शितलपुरमा नया ट्रान्सफर्मर जडान

रौतहट ८ भदौ
उपेन्द्र गोले तामाङ
रौतहटको फतुवा बिजयपुरको शितलपुरमा शनिबार नया ट्रान्सफर्मर जडान गरेको छ । फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर २ शितलपुरका वडा अध्यक्ष अनिरुद्ध यादवको पहलमा सो ट्रान्सफर्मर जडान भएसंगै स्थानियले खुशी ब्यक्त गरेका छन । लामो समयदेखि कम क्षमताको ट्रान्सफर्मर भएका कारण स्थानियले फुल भोल्टेज नआउदा बतीमा समस्या भोग्दै आएका थिए । शनिबार सो स्थानमा नया ट्रान्सफर्मर जडान गरेसंगै स्थानियले खुशी ब्यक्त गरेका छन । पुरानो ट्रान्सफर्मर कम क्षमताको भएकाले बतीसमेत बाल्न समस्या हुदै आएको थियो । स्थानियले बारम्बार नया ट्रान्सफर्मर जडानको माग गर्दै आएका थिए । शनिबार नया टान्सफर्मर जडान भएसंगै सो समस्याबाट मुक्त पाएको स्थानियले तराई पोष्टलाई जानकारी दिनु भयो

ताजा समाचार

Related Articles