सर्लाही ८ भदौ
सर्लाहीमा शनिबार खाल्टोमा रहेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिकाको वडा नम्बर ५ सखुवनी स्थित फुलजोर खोला छेउमा रहेको खाल्टोमा डुबेर सोही नगरपालिकाको वडा नम्बर ४ सागरनाथका १७ बर्षिय निशान मगरको मुत्यु भएको प्रहरीले जनाएको छ । मृतक मगर सखुवनीमा फुटबल खेल्न साथीहरुसंग गएको थिए । खाल्टो गहिरो भएकाले मृतक मगरको शव निकाल्न गोताखोर मगाउनु परेको प्रहरीले बताएको छ । बर्दिबासबाट खोताखोरको टोल् िबोलाएर मगरको शव निकालिएको सर्लाहीका सशस्त्र प्रहरी उपरिक्षक विनोद राज खनालले जानकारी दिनु भयो । मृतकको शव पोष्टम्याटमका लागी प्रादेशिक अस्पताल मंलगंवा पठाइएको खनालले बताउनु भयो ।

