राैतहट ५ भदाै
राैतहटकाे चन्द्रपुर हस्पिटल प्रा.लि.ले नेपाल सरकारकाे सामाजिक सुरक्षा काेष सेवा सञ्चालनमा ल्याएकाे छ । राैतहट जिल्लामा नै पहिलाे पटक साे चन्द्रपुर हस्पिटल प्रा.लि.ले साे सेवा सञ्चालनमा ल्याएकाे डा. सुवास चाैधरीले बताउनु भयाे । नेपाल सरकारको सामाजीक सुरक्षा कोष (Social Security Fund) कोषले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गरिएकाे डाक्टर चाैधरीले तराई पाेष्टलाई जानकारी दिनु भयाे ।

