मकवानपुरमा भैंसी आक्रमणबाट बाघ ठहरै

मकवानपुर ६ भदाै
मकवानपुरमा भैसीकाे आक्रमणबाट बाघकाे मृत्यु भएकाे छ । मकवानपुको मनहरी गाउँपालिकाकाे वडा नम्बर ६ प्रतापपुरमा भैसी गोठमा बाघले भैसीलाई आक्रमण गरेकाे थियाे तर साे बाघसँग भैसीले पनि बाघमाथी आक्रमण गरेकाे थियाे । साेही आक्रमणमा परि बाघकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । स्थानिय बल बहादुर राईको भैंसी गोठमा बाघकाे मृत भएकाे हो । बिहिबार बिहान करिब २ बजेको समयमा बाघ गाउँ छिरेको र राईको गोठमा प्रबेश गरि भैंसीलाई आक्रमण गरेको राईले बतनएका छन ।साे बाघको आक्रमणमा परि भैंसी घाईते बनाएको छ । बाघ बूढो भएको र भैंसीको आक्रमणबाट बाघकाे मृत्यु भएकाे प्रहरीले बताएको छ । गाउँमा बाघ छिरेपछी मध्यवर्ती उपभोक्ता समुह मनहरीका सचिव कमल राईले प्रशासनलाई राती नै खबर गरेका थिए ।मृत बाघलाई पर्सा राष्ट्रिय निकुन्जले थप अनुसन्धानको लागि बारा जिल्ला स्थित कार्यालय लगिएको मकवानपुर प्रहरीले जनाएकाे छ ।

ताजा समाचार

Related Articles