गाैरमा अबैध २०० किलाे माछा प्रहरीत्द्वारा नष्ट

राैतहट ५ भदाै
राैतहट प्रहरीले भारतबाट अबैध रुपमा नेपाल भित्र्याउन लागेकाे माछा नष्ट गरेकाे छ । बुधबार राैतहटकाे गौर नगरपालिकाकाे वडा नं. ६ बैरीया पुल हुदै भारतबाट अबैध रुपमा चोरी पैठारी गरी २०० किलो माछा नेपाल ल्याउँदै गरेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिइएकाे थियाे । साे नियन्त्रित माछालाई स्थानिय भद्रभलादमी संचारकर्मी तथा प्रहरीको रोहवरमा खाल्टाेमा पुरेर नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । राैतहटमा विभिन्न समयमा अबैध रुपमा चाेरी पैठारी गरि भन्सार छलीबाट विभिन्न किसिमका लताकपडा , खाधान्न , कस्मेटिक तथा पशुपंक्षिहरु समेत भारतबाट नेपाल भित्र्याउने गरेकाे छ । यश किसिमकाे अबैध काराेबार राेक्न सिमा नाकाहरुमा कडाई गरिएकाे प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनु भयाे ।

ताजा समाचार

Related Articles