साह निर्माण सेवाकाे बेइमानी , २ बर्षमा १० प्रतिशत काम

राैतहट ५ भदाै
उपेन्द्र गाेले तामाङ
राैतहटमा समयमा नै सडक निर्माण नगरेपछि प्रधानमन्त्रीलाई स्थानियले ज्ञापन पत्र बुझाएका छन । मंगलबार पुर्वराज्य मन्त्री याेगेन्द्र राय यादवसहित स्थानियकाे टाेलीले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएकाे पुर्व मन्त्री यादवले तराई पाेष्टलाई बताउनु भयाे । राैतहटकाे गौर–समनपुर सडकखण्ड निर्माणकाे कार्य यही २०८१ भदाै १० गतेसम्म निर्माण गरि सक्ने गरि साह निर्माण सेवाले ठेक्का लिएकाे थियाे । ठेक्का लिएकाे साह निर्माण सेवाले म्याद भित्र सडक बनाउनु पर्नेमा सम्झौताको अवधि सकिन लाग्दा पनि निर्माण कार्य सम्पन्न गर्न नसकेको भन्दै स्थानीयहरुले ठेकेदारलाई कार्यवाहीकाे माग गरेका छन् । साह निर्माण सेवाले साे सडक कालाेपत्र गर्न २०७९ असार १७ गते २० कराेड ५० लाख भन्दा बढी लागतमा ठेक्का लिएकाे थियाे । साे साह निर्माण सेवाले  ठेक्का लिएकाे समय अवधि समाप्त हुन   ६ दिन बाकी रहेको  छ तर साे सडक कालाेपत्रेकाे काम  १० प्रतिशत मात्रै  सम्पन्न भएकाेले अाफुहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको स्गानियले बताएका छन । मंगलवार ज्ञापनपत्र बुझाएका छाै , यदि आफुहरुको मागबारे सुनुवाइ नभए  भदौ १० गते पछि थप संघर्ष का कार्यक्रम तय गर्ने स्थानियकाे भनाई रहेकाे छ ।  निर्माण सेवाले दुई वर्षमा १० प्रतिशत पनि काम सम्पन्न गर्न नसक्नु ठूलो चिन्ताको विषय रहेको बिज्ञप्तिमा उल्लेख गरेकाे छ । साह निर्माण सेवाले समयमा सडक निर्माण नगरि अलपत्र छाडेका कारण आम नागरिक निकै जोखिम मोलेर उक्त सडकमा आवत जावत गर्न बाध्य रहेको  जनाइएको छ ।

ताजा समाचार

Related Articles