राैतहट ३ भदाै
उपेन्द्र गाेले तामाङ
राैतहटकाे गैडाटारमा सामुहिक जनै धारण कार्यक्रम सम्पन्न भएकाे छ । चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ३ गैडाटार पुरानाे टाेलमा सञ्चालित नमुना युवा क्लवकाे अायाेजनामा साेमबार जनै पुर्णिमाका दिन नमुना डाडामा सामुहिक जनै धारण तथा क्वाटी खाने कार्यक्रम सम्पन्न गरेकाे क्लवका अध्यक्ष जीवन कटुवालले तराई पाेष्टलाई जानकारी दिनु भयाे । गत बर्षबाट क्लवले सामुहिक जनै धारण गर्ने कार्यकाे थालनी गरेका थिए । पछिल्लाे समय नमुना क्लवले विभिन्न सामाजिक कार्यहरुमा सक्रियता जनाउदै अाएकाे छ । ब्यस्त दैनिकी र सामाजिक संस्कारहरु सामूहिक रूपमा मनाउने परम्पराहरू हराउँदै गइरहेको अवस्थामा समाजलाई जोड्ने सानो प्रयास गरेको अायाेजकले जनाएकाे छ । सामुहिक जनै धारणसँगै अाउदै गरेका अन्य पर्वहरुमा पनि सामुहिक रुप विभिन्न कार्यक्रमहरुकाे अायाेजना गरिने क्लवले जनाएकाे छ ।

