कटहरियामा तलब भत्ताकाे माग गर्दै शिक्षकहरुकाे धर्ना

राैतहट ३ भाद्र
उपेन्द्र गाेले तामाङ
रौतहटको कटहरियामा शिक्षकसहित बिद्यालय कर्मचारी धर्ना बसेका छन । उनिहरुले  तलब भत्ताको माग गर्दै धर्नामा बसेका हुन । भाद्र  ४ गते मंगलबार सम्म तलब भत्ता नपाएमा ५ गते बुधवार देखि नगरको सम्पूर्ण सामुदायिक बिद्यालय बन्द गर्ने शिक्षक तथा विद्यालय कर्मचारीहरेले बताएका छन ।नेपाल बिद्यालय कर्मचारी तथा बाल विकास शिक्षक युनियन कटहरिया नगर कार्यसमितिको आयोजनामा शिक्षिका तथा बिधालय कर्मचारी नगरपालिका भित्र आईतवारदेखि धर्नामा बसेका छन । साे नगरका नगरभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण बिद्यालय कर्मचारीहरू,बाल विकास सहयोगी कार्यकर्ताले तलव र भत्ता पाएका छैनन साेकाे माग गर्दै आन्दोलनको कार्यक्रम उनीहरुले घोषणा गरेका हुन । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताले आर्थिक बर्ष २०७९!०८० को वैशाख देखि अषाढ मसान्त सम्मको न्यूनतम थप तलव , यस आर्थिक वर्षको वैशाख देखि हालसम्मको तलब र प्रति महिना दुई हजारको दरले प्रोत्साहन भत्ता समेतको रकम निकासा नगरेकाे उनिहरुले बताएका छन ।
सम्पूर्ण विद्यालय कर्मचारी र सहयोगी कार्यकर्ताले भाद्र ४  गते मंगलबार सम्म तलब भत्ता निकासा नभएमा आन्दोलनलाई सशक्त बनाउन  बाध्य हुने बताएका छन ।
आइतबार देखी सुरु भएको धर्नालाई  ३ गतेसम्म निरन्तरता दिने,भदौ ४ गते हातमा कालो पट्टी बाँधेर आ-आफ्नो विद्यालयमा काम काज गर्ने र भदौ ५ गतेदेखि कटहरिया नगर क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिने धर्नामा सहभागी एकजना शिक्षक देवीलाल कुशवाहाले जानकारी दिनु भयाे ।  कटहरिया नगरपालिकाका सामुदायिक बिद्यालयहरुमा बिद्यालय कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ता गरी ६४ जना कार्यरत रहेका जनाइएकाे छ । कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवाल उपप्रमुख  रिता देवी यादव सहित जनप्रतिनिधि कर्मचारी गरी ११ जना भ्रष्टाचार मुद्दामा अख्तियार द्वारा दोषी ठहर भएर झण्डै १ महिना अघि निलम्बित भएपछि बाल विकास शिक्षिका तथा बिधालय कर्मचारीले तलब सुबिधा पाउनबाट बञ्चित भएका छन । नगर प्रमुख जैसवाल र नगर शिक्षा संयोजक अनिल कुमार निधिकाे लापरवाहिका कारण  पीडितहरुले गुनासो गरेका छन ।

ताजा समाचार

Related Articles