राैतहट ३२ साउन
उपेन्द्र गाेले तामाङ
राैतहटकाे गाैमा शुक्रबार कृषि तथा पशु सेवा केन्द्र भवनकाे शिलान्यास गरिएकाे छ । गाैर नगरपालिकाका नगर प्रमुख शम्भु साहले साे भवनकाे शिलान्यास गर्नु भएकाे हाे ।
शुक्रबार एक समारोहका बिच नगर प्रमुख साहले गौर नगरपालिका वडा नं. १ स्थित तरकारी बजारसँगै कृषि तथा पशु सेवा केन्द्र भवनकाे शिलान्यास गर्नु भएकाे नगरपालिकाले जनाएकाे छ । ग्रामीण उधम तथा आर्थिक विकास आयोजनाको आर्थिक सहयोग तथा गौर नगरपालिकाको समन्वयनमा २ करोड ४० लाख ३० हजार रुपैयाँँको लागतमा साे भवन निर्माण हुने जनाइएकाे छ । २०८२ साल बैशाख मसान्तसम्म साे भवनकाे निर्माण कार्य सम्पन्न हुने गरि शिलान्यास गरिएको नगर प्रमुख साहले बताउनु भयाे । शिलान्यास कार्यक्रममा नगर प्रमुख साहसँगै उपप्रमुख शैलकुमारी देवी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुबास ठाकुर लगायत विभिन्न वडाका वडाध्यक्षहरु तथा समाजसेवीको सहभागिता रहेको थियो ।

