राैतहट ३२ साउन
उपेन्द्र गाेले तामाङ
राैतहटकाे बृन्दावन पल्टुवका स्थानिय राजनितिक खिचातानीले शुद्व खानेपानीबाट बन्चित भएका छन । बृन्दावन नगरपालिकाकाे वडा नम्बर ४ पल्टुवामा लामाे समयदेखि पानी ट्याङ्की निर्माण भई घरघरमा मिटरसहित धारा जडान गरेपनि पानी सञ्चालनमा ल्याउन नसक्दा स्थानियले धाराकाे पानी पिउन पाएका छेनन । साे स्थानका बासिन्दालाई शुद्व खानेपानी वितरण गर्ने उदेश्यले पानी ट्याङ्की निर्माण गरि २१० घर धुरीमा मिटरसहितकाे धारा जडान गरेकाे स्थानिय बैजु यादवले तराई पाेष्टलाई जानकारी दिनु भयाे । यादवका अनुसार ती धारा जडान भएकाे २१० घरबाट जनही १०००/१००० का दरले रकम समेत समितिले संकलन गरेकाे बताउनु भयाे । खानेपानी समितिमा समेत राजनीतिक भागबन्डा नमिलेपछि २ जना अध्यक्ष चयन गरेकाे बताइएकाे छ । नेकपा एमालेकाे तर्फबाट रामबाबु यादव र माअाेवादीकाे तर्फबाट प्रेमलाल यादव गरि २ जना अध्यक्ष रहेकाे खानेपानी समितिले स्थानियलाई शुद्व खानेपानी भने वितरण गर्न नसकेकाे स्थानियले गुनासाे गरेका छन । पानी ट्याङ्की छ , पाइप छ , मिटरसहित धारा पनि छ तर पानी छैन स्थानिय बैजु यादवकाे भनाई रहेकाे छ । स्थानियले पटक पटक ताकेता गर्दा समेत समितिले कुनै चासाे नदेखाएकाे उनीहरुकाे भनाई रहेकाे छ । स्थानियले वडा अध्यक्ष श्याम नन्दन यादवलाई समेत ध्यान अाकर्षण गरेकाे भएपनि उपलब्धि केही नभएकाे दुखेसाे स्थानियले पाेखेका छन । उपभाेक्ताहरुले अावश्यक धारा मिटर र प्रति घर १०००/१००० नगद रकम समेत भुक्तानि गरि मिटर सहित धारा जडान गरिसकेकाले तत्काल पानी सञ्चालनमा ल्याउन माग गरेका छन । तत्काल पानी सञ्चालनमा नअाएमा अाफुहरु कडा रुपमा प्रस्तुत हुने स्थानियले बताएका छन

