उपेन्द्र गाेले तामाङ
राैतहट २९ साउन
राैतहटकाे चन्द्रपुरमा महाेत्सव हुने भएकाे छ । चन्द्रपुर नगर उद्योग बाणिज्य संघकाे अायाेजनमा अाउदाे फागुन ७ गतेबाट १७ गतेसम्म १० दिन चाैथाे चन्द्रपुर महाेत्सवकाे अायाेजना हुने नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदयनारायण सापकाेटाले तराई पाेष्टलाई जानकारी दिनु भयाे । मंगलबार चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटाको अध्यक्षतामा बसेको बैठकले साे निर्णय गरेकाे महासचिब जनकराज भारतीले बताउनु भयाे । साे बैठकले नजिकिदै गरेका चाडपर्व लाई मध्यनजर गर्दै सुरक्षा निकाय र नगरपालिकाँसग समन्वयनमा आउदो भाद्र २१ गते तिज विशेष कार्यक्रमको आयोजना गर्ने समेत निर्णय गरीएको महासचिब भारतीले बताउनु भयाे । त्यसैगरी संस्थाको वार्षिक साधारण सभा अशोज १९ गते चन्द्रपुर ५ स्थित नबनिर्मित संघको आफनै भवनमा गर्ने भएको छ । स्थानिय उधोग, पर्यटन र ब्यापारको प्रर्बधन गर्ने उद्धेश्यले संघको आयोजनामा चौथो चन्द्रपुर महोत्सव आगामी फागुन ७ देखि १७ गते सम्म १० दिन महोत्सबको आयोजना चन्द्रनिगाहपुरमा गर्न लागिएकाे अध्यक्ष सापकाेटाले बताउनु भयाे ।

