राैतहटकाे गरुडाले मालपाेत कार्यालयलाई माेटरसाइकलसहित विभिन्न सामग्री विचरण

राैतहट २९ साउन
उपेन्द्र गाेले तामाङ
राैतहटमा एक नगरपालिकाले मातपाेल कार्यालयलाई माेटसाइकलसहित विभिन्न सामग्री सहयाेग गरेकाे छ । राैतहटकाे गरुडा नगरपालिकाले साेही नगरपालिकास्थित मालपाेत कार्याललाई १५० सिसिकाे बजाज कम्पनिकाे एक थान माेटरसाइकलसहित कार्यालयलाई अावश्यक सोफासेट, कुर्सी, पंखा, फर्निचर लगाएयतका सामान सहयोग गरेका गरुडा नगरपालिकाले जनाएकाे छ । मोटरसाइकलको अभावमा कर्मचारी समयमा कार्यालयमा आउन नसक्दा सेवा प्रवाहमा समस्या भएकाे , सेवाग्राहीलाई बस्न कुर्सी र सोफा नहुदा बस्न समस्या भएको, र फर्निचर , पंखाको अभावमा समेत सेवा प्रवाहमा बाधा उत्पन्न भएको गुनासो आएपछि अाफुले साे सामग्रीहरु वितरण गरेकाे गरुडा नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले बताउनु भयाे । नगर प्रमुख जयसवालले कार्यापालिकाकाे निर्णय बमाेजिम पालिकाको तर्फबाट मंगलबार मालपोत कार्यालय गरुडालाई सवारी साधन सहित माग गरे अनुसार सामान हस्तान्तरण बताउनु भयाे । मालपोत कार्यलय गरुडाबाट माग हुन आएको सवारी साधन,मेशिनरी औजार तथा फर्निचर र फिक्वर्स लगायतका सामाग्री कार्यपालिकाले निर्णय गरि मंगलबार हस्तान्तरण गरिएको नगर प्रमुख जयसवालले बताउनु भयाे । नगरपालिकाले सवारी साधन मोटरसाईकल, १५० सि.सि. १ थान , मेसिनरी तथा औजार( डेस्टअप २ थान,प्रिन्टर १ थान,UPS २ थान ,सिलिङ पंखा ५ थान ) र फर्निचर तथा फिक्वर्स (३ सिटर कुर्सी ३ थान,फिक्स कुर्सी ४ थान ) बितरण गरिएकाे नगरपालिकाले जनाएकाे छ ।

ताजा समाचार

Related Articles