गाैरमा चक्कु प्रहारबाट एककाे हत्या , शव धानबारीमा फेला

उपेन्द्र गाेले तामाङ
राैतहट ३०
राैतहटमा बुधबार एक बृद्वकाे छुरा प्रहार गरि हत्या भएकाे छ । राैतहटकाे गाैर नगरपालिकाकाे वडा नम्बर ५ स्थित झुलेंगे पुलको दक्षिणपट्टी धान खेतमा चक्कु प्रहारबाट हत्या गरी फालिएकाे अबस्थामा शव फेला परेकाे छ । रौतहटको गौर-५ कोईरी निवासी स्थानीय ७५ बर्सिय अनिरुद्व महतो “कोईरीलाई चक्कु प्रहार गरि हत्या गरेको अवस्थामा शब फेला परेकाे जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएकाे छ । याे घटनाकाे प्रहरीले अनुसन्धान शुरु गरिसकेकाे जनाएका छ ।
घटनाकाे खबर प्राप्त गर्नासाथ घटना स्थलमा प्रहरी उपरिक्षक दिलिप घिमिरे ,प्रहरी नायब उपरिक्षक एलिजा गिरी सहितको टोली पुगेकाे र घटनाकाे मुचुल्का उठाइएकाे जनाइएकाे छ । मुचुल्का उठाइ सकेपछि पाेष्टम्याटमका लागि प्रादेशिक अस्पताल गाैरमा लगिने प्रहरीकाे भनाई रहेकाे छ । घटना स्थलमा पुगेर घटनामा संलग्न जाेकाेहीलाई यथाशिघ्र पक्राउ गरि सार्वजनिक गर्न गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह सहित वडा अध्यक्ष शिबशंकर यादबले माग गर्नु भएकाे छ । घटनाकाे अनुसन्धान अघि बढिसकेकाले घटनाबारे बिस्तृत बिवरण चाडै सार्वजनिक गर्ने र हत्यारालाई चाडै पक्राउ गर्ने प्रहरीले दावी गरेका छन ।

ताजा समाचार

Related Articles