एसकै नेता कार्यकर्ताहरूले मेला समितिलाई उचालेर वडाकार्यालयमा ताला लगाउन लगाएको आरोप

वृन्दावन, २७ साउन । वृन्दावन नगरपालिका वडा नं–१ का वडाअध्यक्ष रामनाथ सहनीले आफूलाई असफल राजनीतिज्ञ बनाउन सड्यन्त्र भइरहेको अरोप लगाएकाछन् ।
वडा नम्बर १ कै केही नेता कार्यकर्ता आफुलाइ बदनाम गराउन लागि परेको वडाध्यक्ष सहनीले आरोप लगाएका हुन् । एकीकृत समाजवादी पार्टी वडा नं–१ मा निर्वाचित वडाअध्यक्ष सहनी एसकै नेता कार्यकर्ताहरूले मेला समितिलाई उचालेर वडा कार्यालयमा ताला लगाउन लगाएको समेत उनले आरोप लगाए ।
तराइ पोष्ट सँगको कुराकानीमा आफनो राजनीतिक करियर चौपट पार्ने खेलमा एकीकृत समाजवादीकै नेता कार्यकर्ता लागेको उनको तर्क रहेको थियो ।
नगरप्रमुखको इसारामा वडा नं–१ का केही नेता कार्यकर्ताले आफ्नो खेत बेचेर भएपनि मेलामा लागेको खर्च तिर्न दवाव दिने गरेको वडाअध्यक्ष सहनीले बताएका छन् ।

ताजा समाचार

Related Articles