उपेन्द्र गाेले तामाङ
राैतहट २६ साउन
राैतहटकाे चन्द्रनिगाहपुरका प्रहरीलाई शनिबार चेनस मेसिन चलाउन तालिम प्रदान गरिएकाे छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका १५ जना प्रहरी कर्मचारीहरुलाइ साे तालिम दिइएकाे इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ । चन्द्रनिगाहपुर क्षेत्रमा हावाहुरी लगायत विपदजन्य समयमा रुख ढली बाटो अबरोध भई सवारी आगमन बन्द हुने गरेकाले साे अबरोध हटाउनको लागि चन्द्रपुर नगरपालिकाले प्रहरीलाई प्रदान गरेकाे चेनस (Chainsaw) मेशिन चलाउने सम्बन्धमा तालिम शनिबार सञ्चालन गरेकाे प्रहरीले जनाएकाे हाे । रौतहट चन्द्रपुर नगरपालिकाकमे वडा नं ४ स्थित हातेमालो सामुदायिक बनमा सोही बनका प्रशिक्षक सिताराम मुसरद्वारा शनिबार ईलाका प्रहरी कार्यालयमा कार्यरत रहेका १५ (पन्ध्र) जना प्रहरी कर्मचारीहरुलाई उक्त मेशिन चलाउने सम्बन्धी सैद्धान्तिक तथा व्यवहारीक ज्ञानको प्रशिक्षण दिईएको बताइएकाे छ । यसका साथै राजमार्गमा रुखहरु ढली बाटो अबरोध भएमा उक्त रुखहरु पन्छाई सवारी आवागमन सुचारु गर्न तालिम प्राप्त प्रहरी टोली तल्काल परिचालन गरिने समेत जनाइएकाे छ ।

