राैतहट २० साउन
राैतहटमा अाइतबार कटुवा पेस्ताेलसहित एक जना पक्राउ परेकाे छ । राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरका बर्ष ५१ का बिरेन्द्र राउतकाे घरबाट पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । पक्राउ परेका राउतको घरमा कटुवा पेस्तोल लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा ई.प्र.का, गरुडा रौतहटबाट प्रहरी टोली खटी गई निजको घरको आँगनमा खोज तलास गरेकाे थियाे । साेही क्रममा झारपातले छोपी लुकाई छिपाई कटुवा पेस्तोल राखेको अवस्थामा प्रहरी टाेलीले फेला पारेकाे थियाे । फेला परेकाे कटुवा पेस्तोल र निज बिरेन्द्र राउत समेतलाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ ।

