सर्लाही २० साउन
सर्लाहीमा बोलबम तीर्थयात्री बोकेका ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन । सर्लाहीकाे चक्रघट्टा गाउँपालिका-५ की अन्दाजी ५४ वर्षीया पतही देवीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएकी पतहीको उपचारको क्रममा वीरगन्जमा मृत्यु भएको हो । भारतको मढिया शिव मन्दिरमा जल चढाएर फर्किएका तीर्थयात्रीलाई चक्रघट्टा गाउँपालिका-८ औरही तर्फ आउँदै गरेको ज २ प ३२७ नम्बरको ट्याक्टर मलंगवा नगरपालिका-१२ गम्हरिया छेउको नहरमा खसेको थियो । दुर्घटनामा घाइते भएकाहरूको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । घटनाकाे थप अनुसन्धान भइरहेकाे सर्लाही प्रहरीले जनाएकाे छ ।

