काठमाडाै २१ साउन
बंगलादेशमा प्रदर्शनीकारीहरुले प्रधानमन्त्री कार्यालय कब्जा गरेकाे छ । कार्यालय कब्जा गरेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छिन ।प्रधानमन्त्री हसिना बंगभवनबाट सैनिक हेलिकप्टरमा बहिनी शेख रेहानासहित पश्चिम बंगालतर्फ प्रस्थान गरेकाे जनाइएकाे छ । प्रधानमन्त्रीले देश छाेडेपछि सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्ने बताइएकाे छ । अहिले सेना मुख्यालयमा विभिन्न राजनीतिक दलका नेता र विशिष्ट व्यक्तिसँग भेटवार्ता जारी रहेकाे बंगलादेशी सञ्चार माध्यामहरुले जनाएकाे छ ।

