राैतहटकाे गरुडामा बसले माेटरसाइकललाई ठक्कर दिदा एककाे मृत्यु

राैतहट २० साउन
रौतहटमा बसको ठक्करबाट आइतवार एक जनाको मृत्यु भएको छ । राैतहटकाे गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिकाकाे वडा नम्बर ८ जिंगडिया चोकमा बस र मोटरसाइकल एकअापसमा ठोकिएकाे थियाे । साेही क्रममा मोटरसाइकलमा सवार गरुडा नगरपालिका–७ पिपरीयाका रामचन्द्र राउतको ४० वर्षिय छोरा आशनारायण पटेलको मृत्यु भएको हाे । अन्दाजी साँझ पौने ४ बजे चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ना ७ ख १५२० नम्बरको यात्रुबाहक बसले र गरुडाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बीआर ३० जेड ३०१६ भारतीय नम्बरको सुपर स्पलेण्डर मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक पटेलको घटनास्थलमा नै मृत्यु भएको स्थानियले बताएका छन ।इलाका प्रहरी कार्यालय गरुडाकाे टोलीले घटनास्थलबाट पटेललाई उपचारका लागि गरुडा स्थित ग्राण्डी हस्पिटलमा लगेको थियो तर हस्पिटलका चिकित्सकले पटेललाई मृत्यु  भइसकेकाे जनाएकाे थियाे । ठक्कर दिने बस र चालक गरुडा प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

ताजा समाचार

Related Articles