राैतहटकाे चन्द्रनिगाहपुरमा प्रहरीलाई अनुशिक्षण सम्पन्न

राैतहट १९ साउन
राैतहटकाे चन्द्रनिगाहपुरमा प्रहरीहरुलाई शारिरिक व्यायाम तथा BMI सम्बन्धि अनुशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएकाे छ ।  इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर तथा मातहतका प्रहरी कर्मचारीहरूलाई शारीरिक  व्यायाम तथा BMI  सम्वन्धी अनुशिक्षण प्रदान कार्यक्रम सम्पन्न भएकाे जनाइएकाे छ ।  नेपाल प्रहरीद्वारा सञ्चालित नवप्रवर्तनिय  कार्यक्रम अन्तर्गत प्रहरी कर्मचारीहरुको शारिरीक अवस्थाले प्रहरी कर्मचारीहरुको कार्य सम्पादन तथा सेवाग्राहीहरुमा प्रत्यक्ष असर पर्ने भएकोले प्रहरी कर्मचारीहरुलाई स्वस्थ्य बनाइराख्ने उद्देश्य साे कार्यक्रमकाे अायाेजना गरिएकाे जनाइएकाे छ ।  कार्यक्रम रौतहट चन्द्रपुर नगरपालिकाकाे वडा नं ४ हिमालयन होटलको सभा हलमा सम्पन्न भएकाे हाे । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर तथा मातहत समेतका प्रहरी कार्यालयहरूमा कार्यरत ६५ जना प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण गरिएकाे जनाइएका छ । चन्द्रनिगाहपुर अस्पताल चन्द्रनिगाहपुर रौतहटमा कार्यरत डाक्टर रामजि रामद्वारा  BMI सम्बन्धी, शारीरिक व्यायामका फाईदाहरू तथा शारीरिक व्यायाम नगर्दा यसले स्वास्थ्यमा गर्ने असरहरू लगायतका बिषयहरूमा प्रशिक्षण प्रदान गर्नु भएको थियाे । यसका साथै इलाका प्रहरी कार्यालयका प्रमुखवाट सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई प्रत्येक दिन कम्तिमा ४५ मिनेट अनिवार्य शारीरिक व्यायाम गर्न समेत निर्देशन दिनु भएकाे थियाे ।

ताजा समाचार

Related Articles