सर्लाही १९ साउन
सर्लाहीमा शनिबार एक बृद्धको मृत अबस्थामा फेला परेको छ । हिजो आइतबार सर्लाहीको लालबन्दि नगरपालिकाको वडा नम्बर ८ मा रहेको लालबन्दि साभेदारी वनमा घास काट्न गएका थिए । लालबन्दि नगरपालिकाको वडा नम्बर ७ निवासी ६० बर्षिय खिमराज खड्काको मृत अबस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मृतक खड्का बाख्रालाई घास काट्न हिजो आइतबार सो वन क्षेत्रमा गएको पारिवारिक स्रोतले जनाएको छ । बेलुका अबेरसम्म खड्का घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको परिवारले जनाएको छ । त्यसैको आधारमा प्रहरीले खोजी कार्य जारी राखेको थियो । सोही क्रममा शनिबार बिहान सोही वन क्षेत्रमा खड्काको शव फेला परेको प्रहरीले बताएको छ । घटनास्थलमा खड्काको साइकलमा घास बाधिएको अबस्थामा शवसंगै भेटिएको प्रहरीले जनाएको छ । शवमा पनि त्यस्तो कुनै चोट नदेखिएको जनाइएको छ । हालसम्म घटनाको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

