चन्द्रनिगाहपुरमा प्रहरीसँग हाेटल ब्यावसायीकाे अन्तरक्रिया

राैतहट १७ साउन

राैतहटकाे चन्द्रनिगाहपुरमा प्रहरीसंग हाेटल ब्यावसायीकाे अन्तरक्रिया कार्यक्रम भएकाे छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका कार्यालय प्रमुख प्र.ना.उ.राज कुमार राईले चन्द्रपुर नगरभित्र संचालनमा रहेका होटल एण्ड लजका संचालकहरूसंग शान्ति सुरक्षा लगायतका बिषयहरूमा छलफल गर्नु भएकाे छ । पछिल्लाे समय चन्द्रनिगाहपुरका हाेटलहरुमा याैन ब्यावसाय हुँदै अाएकाे चर्चा हुदै अाएकाे छ । हाेटल एण्ड लजहरुले मापदण्ड बमाेजिम अाफ्नाे ब्यावसाय सञ्चालन गर्न र गराउन प्रहरी प्रमुख राईले ब्यावसायीहरुलाई अाग्रह गर्नु भएकाे छ । यसका साथे आवश्यक राय सुझाई समेत लिनुका साथ अावश्यक कानुनी सल्लाह सुझाव समेत प्रहरीले दिनु भएकाे छ । कार्यक्रममा विभिन्न विषयहरूमा अन्तरक्रिया समेत गरिएकाे ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ ।

ताजा समाचार

Related Articles