राैतहट १६ साउन
रौतहटको वृन्दावनमा एक महिने व्युटिसियन तथा ईलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ। बैदेशिक रोजगार बोर्ड र गौरी इन्टरनेशनल टेक्निकल एकेडेमी प्रा.ली.तथा ट्रेनिङ सेन्टर नेपालको आयोजना र वृन्दावन नगरपालिकाको सहकार्यमा सो तालिम सम्पन्न भएकाे हाे । तालिम साे नगरपालिकाको वडा नं.८ बहुअरी स्थित दलित धर्मशालामा गत असार २ गते देखि सञ्चालन गरिएकाे थियाे । तालिम असार ३० गते सम्म संचालन भएको थियाे । तालिम सम्पन्न भए पश्चात बुधबार एक कार्यक्रमका बिच सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । अाफ्नाे धारणा राख्ने क्रममा अधिकांस बक्ताले दैनिक जिवनयापनमा सिप नभई नहुने कला भएकाे जिकिर गर्नु भएकाे थियाे । तालिममा सहभागीहरुलाई सो तालिममा सिकेको सिप र कलालाई रोजगारीको माध्यमले प्रस्तुत गर्न वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले आग्रह गर्नु भएकाे छ । नगर प्रमुख कु्मीले नगरपालिकाले आगामी दिनमा महिला बिशेष कार्यक्रम अन्तर्गत सिप मुलक तालिम संचालन गर्ने बताउनु भयाे । अाफुले सिकेको सीपलाई कार्यक्षेत्रमा लागु गरे मात्रै तालिम सार्थक रहने वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेलकाे भनाई रहेकाे छ । महिलाहिला दिदीबहिनीहरुलाई सीप सिकेर स्वरोजगार बन्न आग्रह समेत उहाले गर्नु भएकाे थियाे । नगरपालिकाले विभिन्न सिपमुलक तालिमहरु संचालन गर्दै आएको बताउदै सिकेको सीपलाई व्यवहारमा लागू गर्न उद्योग गरेर आम्दानी बढाउनुपर्ने उहाकाे भनाई रहेकाे छ । साे नगरपालिकाकाे वडा नम्बर ८ अन्तरगतका १८ वर्ष माथि र ४० वर्ष भन्दा मुनिका ४० जना महिला र ४० जना पुरुष गरी ८० जनाको सहभागिता रहेको सो एक महिने व्युटिसियन तालिममा अनुपा प्रधान र ईलेक्ट्रिसियन तर्फ विरबहादुर थाढामगरले प्रशिक्षण दिएका थिए । प्रमाण पत्र वितरण कार्यक्रममा वृन्दावन नगरपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष रवीन्द्र प्रसाद साहकाे सभाध्यक्षमा सम्पन्न भएकाे हाे । कार्यक्रमकाे प्रमुख अथितिमा वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मी,विशिष्ट अथितिमा प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेल,अथितिमा मुस्लिम इतेहाद संगठन नेपाल मधेस प्रदेशका अध्यक्ष सलामोदिन दर्जी,रोजगार संयोजक हरेराम पंडित,योजना शाखा प्रमुख हरि दुलाल लगायतलेतले सहभागीता जनाएका थिए ।

