चन्द्रनिगाहपुरमा चोरी गरेको मोटरसाइकल सहित पक्राउ एक पक्राउ

राैतहट १५ साउन

राैतहट प्रहरीले चाेरी गरेकाे माेटरसाइकलसहित एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरेकाे छ । गत साउन ११ गते राति अन्दाजी ११ बजे राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्वर ४ मुस्लिम टाेलका सरिक मंसुरीकाे घरबाट बा.प्र. २-०२८ प ७८३४ नम्बर भएकाे २०० सिसिकाे NS माेटरसाइकल चाेरी भएकाे थियाे । साे माेटरसाइकल खाेजतलास गर्ने क्रममा राैतहटकाे माधवनारायण नगरपालिकाकाे वडा नम्बर १० का बर्ष २७ काे शिव चन्दन प्रसादलाई साे चाेरीकाे माेटरसाईकलसहित पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ । पक्राउ परेका शिव चन्दनलाई थप अनुसन्धान भई रहेकाे प्रहरीले जनाएकाे छ ।

ताजा समाचार

Related Articles