राैतहटमा ३ पाङ्ग्रे अटाे रिक्सा चलाउन सवारी चालक अनुमति अनिवार्य

राैतहट १४ साउन
राैतहटमा सवारी चालक अनुमति पत्र विना ३ पाङ्ग्रे अटाे रिक्सा चलाउन नपाइने भएकाे छ । साेमबार राैतहटकाे गाैर नगरपालिका अासपासका क्षेत्र लगायत राैतहट जिल्लाभित्र  सवारी चालक अनुमति विना ३ पाङ्ग्रे अटाे रिक्सा चलाई रहेकाे भन्ने सुचनाका अाधारमा प्रहरीले चेकजाच कार्यलाई तिब्रता दिएकाे छ । साे क्रममा सवारी अनुमति पत्र विना सवारी चलाइएकाे पाइएकाे र ती सवारी चालकहरुलाई कानुन बमाेजिम जरिवाना लगायतका कारवाहि गरिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । त्यसैगरी कारवाहीमा परेका चालकहरुलाई सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्रै सवारी चलाउन भन्ने शर्तमा साे सवारी सम्बन्धित चालकहरुलाई जिम्मा लगाइएकाे प्रहरीले जनाएकाे छ । पछिल्लाे समय पुन विना सवारी चालक अनुमति पत्र विना सवारी चलाइएकाे पाइएमा सवारी तथा यातायात ब्यवस्थापन ऐन २०४९ अनुसार हदैसम्मकाे कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ ।

ताजा समाचार

Related Articles